Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेंगलोरलाई हराउँदै १४ वर्षपछि राजस्थान आईपीएलको फाइनलमा

एजेन्सी । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ ।

रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो ।

यसअघि राजस्थान सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

अब राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077