Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलात्कार मुद्धा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय सभाका आठजना सांसदहरूले बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।

समर्थकमा सांसदहरू विमला राई पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह ९गरिमा०, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा छन् ।

संकल्प प्रस्तावमा बाल यौन दुर्व्यवहारको कसुरमा सजायका लागि उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाउनुपर्ने माग गरिएको छ ।

साथै बालबालिकाबाहेक अन्यको हकमासमेत बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरवलोकन र पुनर्विचार गरी आवश्यक सशोधन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077