Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमै मन्त्री बडुले ओलीको भाषणलाई स्तरहीन भनेपछि...

काठमाडौँ । नेकपा एमालेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको भनाइप्रति आपत्ति जनाएको छ।

शुक्रबार दिउँसो संसद् बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री वडुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू सरकारमा हुँदा कमिसन खाएको आरोप लगाएपछि एमालेका सांसद् उठेर विरोध गरेका हुन्।

प्रमुख प्रतिपक्ष दलका नेता बिहीबार केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई मन्त्री बडुले स्तरहीन भनेका थिए। त्यस लगत्तै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरेका हुन्। मन्त्री बडुले माफी माग्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना भएको छ।

एमालेका सांसदले कुर्सीबाट उठेर निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेट संसद् बैठक स्थगित गरेका छन्।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति जनाउँदै संसद‍को रेकर्डबाट हटाउन आग्रह गरेका छन्। उनले मन्त्री पदमा बसेर असंवैधानिक तर्क गर्न नहुने बताए। भट्टराईले गलत गरेको भए छानविन गरेपछि कारबाही भोग्न तयार रहेको बताउँदै मन्त्री जस्तो व्यक्तिले रोस्टममा उभिएर निराधार आरोप नलगाउन आग्रह गरे।

एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षको माग बमोजिम गलत विषय रहे रेकर्ड हेरेर आवश्यक निर्देशन दिने बताए। एमालेका सांसदले कुर्सीबाट उठेर निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेट संसद् बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077