Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव

    धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    झापा । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो ।

    धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले वर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल–६ का अगुवा किसान ख्याम आचार्यले बताए । यो वर्षसमेत धान रोप्ने समय हुँदा पनि डीएपी मल पाउन नसकेको उनको भनाइ छ ।



    कमल गाउँपालिकाका लागि एक हजार बोरा डीएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए ।



    तर, सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताए ।

    उनले धान रोपाइका बेला उच्च माग हुने डीएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार