Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले भने- आयल निगमलाई खारेज गर्न फेरि अर्बौँको डिल हुन लागेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आयल निगमलाई खारेज गर्न अर्बौँ रुपैयाँको कारोबार भइसकेको भन्दै आपत्ति जनाएका छन् ।

उनले पेट्रोलियम पदार्थको कारोबार गर्ने इजाजत निजी क्षेत्रलाई दिन लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नेपाल आयल निगम कसरी एकापसमा गाभिन्छ भन्दै आयल निगमलाई खारेज गर्न अर्बौँ रुपैयाँको कारोबार भइसकेको र फेरि अर्बौँको 'डिल' हुन लागेको दाबी गरे ।

“कति प्रतिशत राज्यले राख्ने, कति प्रतिशत दिने भनेर हिसाब नगरी सम्पूर्ण अधिकार निजी क्षेत्रमा हस्तान्तरण गर्ने काम भइरहेको छ,” उनले भने, “वित्तीय रूपमा यति बोजिलो किन भयो, यति नाफा हुने संस्था रु सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने कुरा पनि भनिएको मात्र हो ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077