Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दैलेख बस दुर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुल्यो

कर्णाली- दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ ।

दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए । बसमा सवार अन्य व्यक्ति घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । म १ ख ६६० नंको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077