Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा प्रवेश

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल प्रवेश गरेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

इलिमिनेटरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन् । खेल राति पौने आठ बजे कोलकतामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077