Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यासको खपत कम गर्न विद्युत् महसुलको पुनरावलोकन गरिने

काठमाडौं । सरकारले विद्युत् महसुलमा पुनरावलोकन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् खपत बढाउन र ग्यासको खपत कम गर्न विद्युत् मसहुलको पुनरावलोकन गरिने बताइन् ।

यस्तै विद्युत् उत्पादन, प्रसारण र वितरणको संयोजन गर्ने, विद्युत् खपत गर्ने र धेरै भएको निर्यात गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने उल्लेख छ ।

दुई वर्षभित्र सबै पालिकामा विद्युतीकरण गर्न लगानी वृद्धि गरिने, विपन्न वर्गका लागि निःशुल्क विद्युत् मिटर जडान गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077