Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगरमा मतगणना रोकियो

पोखरा । पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने एमालेले अडान लिएको छ ।

पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन् ।

पोखराका दुई वडामा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको थियो ।

वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् ।

उक्त निवेदनउपर सुनुवाइ नहुँदासम्म बाँकी मतगणनामा सहभागी नहुने एमाले महानगर समिति सचिव जीवन आचार्यले बताए । पोखराका ३३ मध्ये हाल वडा २२, ३२ र ३३ को मतगणना भइरहेको थियो ।

हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा ३ हजार ८ सय १५ गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077