Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४ सय २२ किलो गाँजा, मिनि ट्रक र ३३ बोतल वनरेक्स सहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा सहितको मिनि ट्रक लाई नियन्त्रणमा लिएको छ ।

आइतबार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उक्त लागुऔषध मकवानपुर थाहा नगरपालिकाबाट बरामद गरेको हो ।

डाँडाबास-पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको ना. ६ ख.३२४३ नम्बरको महेन्द्रा कम्पनीको मिनि ट्रकलाई शंका लागी चेक जाँच गर्दा ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला  परेको थियो । उक्त कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको बताइएको छ ।

यस्तै सोमबार ३३ बोतल लागुऔषध वनरेक्स सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर गढी गा.पा. वडा नं.४ घर भई हाल हेटौडा उ.म.न.पा. वडा नं.१ स्वर्गलोक स्थित डेरा गरी बस्ने बर्ष ३९ का रामकृष्ण लो लाई पक्राउ गरेको हो ।

May be an image of 2 people

उनले आफू बस्ने कोठाको पलाङ मुनी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध वनरेक्स ३३ बोतल फेला परेको थियो । यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077