Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट घाँस काट्न गएकी फूलकुमारीको मृत्यु

चितवन । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो ।

हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077