Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालीहरू जातैले कवि हुन्, हरेक नेपालीको नामको पछाडि कवि लेखिदिए हुन्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि 'कवि' लेखिदिए हुने बताएका छन् ।

कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताएका हुन् ।

'मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ,'उनले भने, 'उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथेस काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077