Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धुलिखेल नगरपालिकामा पुनः मतगणना स्थगित

काठमाडौं । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि काभ्रेको धुलिखेल नगरपालिकामा पुनः मतगणना स्थगित भएको छ ।

एउटै पदमा दुईवटा छाप लागेको मत बदर हुने कि के नहुने भन्ने विषयमा विवाद भएपछि रोकिएको मतगणना हिजो साँझबाट सुरु भएको थियो ।

आज वडा नम्बर ११ को मत गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि पुनः मत गणना स्थगित भएको हो ।

अर्धकट्टीसहितको मतपत्र भेटीएपछि स्वतन्त्र उमेदवार विदुर बस्नेतले विरोध गरेका थिए ।

त्यसपछि मतगणना रोकिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077