Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेटौँडामा भेटियो 'नो भोट' लेखेको मतपत्र

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा-४ को मतगणनाको क्रममा मतपत्रमा ‘नो भोट’ लेखेको भेटिएको छ ।

संविधानमा ‘नो भोट’ को प्रावधान भए पनि राजनीतिक दलहरूसहित सरकार उक्त संवैधानिक प्रावधान कार्यान्वयन गर्न आनाकानी गर्दै आएका वेला हेटौंडा उपमहानगरका मतदाताले मतपत्रमा हातैले लेखेर ‘नो भोट’ गरेका हुन् ।

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन्।

मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077