Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको गृहपालिका अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङ्देन निर्वाचित भएका छन् । लिङ्देनले ६ हजार ८५६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याए । यस्तै उपाध्यक्षमा पनि राप्रपा कै लक्ष्मी मैनाली निर्वाचित भएकी छन् ।

मैनालीले पाँच हजार ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवि गौतमले चार हजार १०६ मत ल्याइन् ।

हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077