Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा राप्रपाले रच्यो नयाँ इतिहास , शंखरापुरको मेयरमा रमेश नापित विजयी

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले नयाँ इतिहास रचेको छ  । राप्रपाका रमेश नापितले  प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेर नयाँ इतिहास रच्न सफल भएका हुन् ।

रमेश नापितले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएका  छन् ।

०६२र६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ ।

वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077