Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी मतगणना : स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । हमालले गठबन्धनका उम्मेदवार भन्दा दोब्बरभन्दा धेरै मतले अग्रता बनाएका छन् ।

धनगढीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट निवर्तमान मेयर नृप वड उम्मेदवार छन् । तर, स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार वडले प्राप्त गरेकोभन्दा दोब्बर मतले अगाडि छन् ।

हमालले ७ हजार ८१६ मत प्राप्त गर्दा कांग्रेसका निवर्तमान मेयर वडले ३ हजार ८७२ मत पाएका छन् । हमाल र वडबीचको मतान्तर ३ हजार ९ सय ४४ छ । अहिलेसम्म करिब २० हजार मतगणना हुँदा हमालले प्रतिस्पर्धीको मतभन्दा धेरै मतको अग्रता बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077