Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यानमा विजय जुलुसको क्रममा करेन्ट लाग्दा २ जनाको मृत्यु

सल्यान । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसको क्रममा करेन्ट लाग्दा २ जनाको मृत्यु भएकाे छ ।

विजय जुलुस मनाउने क्रममा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर कुमाख गाउँपालिका ४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट गाउँपालिकाको कार्यालयमा जाने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको थियो ।

करेन्ट लागेर सोही स्थानका नविन रावत, विनोद बुढाथोकी लगायत १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077