Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवले गर्न पाएनन् मतदान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम नभएपछि उनी मतदान गर्नबाट बन्चित भएका हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जनाएका छन् ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।

तर, निर्वाचन आयोगमा आप्mनो नाम नै दर्ता नगरेका विप्लवले भोट हाल्न भने पाएनन् ।

देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077