Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं - उदयपुर, कैलाली र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सडकमा प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् ।

कैलालीको भजनी नगरपालिका–६ भजनी जोशीपुर सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077