काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन लक्षित ६७ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।
संकल्प पत्र सार्वजनिक गर्दै उनले भने, ‘वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको हाे, अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्याउँछ।’
अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् । उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् ।
यस्तो छ ओलीको अपिल
Leave a Reply