Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गठबन्धनले निर्वाचनमा एमालेलाई कमजोर पार्न सक्दैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने दाबी गरेका छन् ।

रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक कुनै काम नगरेको आरोप लगाए ।

उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको आरोप लगाए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबी गरे ।

एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077