Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरुष धेरै सत्तामा गए पनि काम गर्न नसकेको बताएका छन् ।

पाँच दलीय गठबन्धनको आमसभालाई शुक्रबार सम्बोधन गर्दै महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताएका छन् ।

‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ,’ दाहालले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

प्रचण्डले भने, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’ उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए ।

ऐतिहासिक परिवारसँग सम्बन्धित सदस्यलाई अघि सारेको भन्दै दाहालले भने, ‘यो राजधानीका लागि अवसर पनि हो ।’ उनले देशको राजधानी विदेशहरुको चियाउने आँखीझ्याल भएको भन्दै त्यसलाई सुन्दर बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077