Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवलाई महासचिवबाट हटाइयो, संयोजक धर्मेन्द्र बास्तोला तोकिए

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवलाई नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट हटाइएको छ ।

चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो ।

विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको र भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारि दिए ।

नले ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित रहेको जानकारी दिए । त्यस्तै पार्टी प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077