Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खहरे खोलामा आएको बाढीले बगाउँदा किशोरीको मृत्यु

काठमाडौं । बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ ।

खहरे खोलामा आएको बाढीले बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको मृत्यु भएको हो ।

सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो। घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077