Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।

बुद्ध पूर्णिमाको अवसर पारेर जेठ २ भन्दा अघि नै मोदी नेपाल भ्रमणमा आउने तयारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदी नेपाल भ्रमणमा आउने योजना बनाइरहेका छन्। सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावन रहेको पत्रिकाले उल्लेख गरेको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा द्विपक्षीय भ्रमणका लागि भारत गएको एक महिनापछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण तत्काल रोकिने अवस्था नरहेको बताइएको छ।

हाल युरोप भ्रमणमा रहेका छन्। नेपाल भ्रमणका क्रममा कुनै औपचारिक द्विपक्षीय छलफल भने नहुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077