एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मनीका चान्सलर ओलाफ स्कोल्जबीच सोमवार भेटवार्ता भएको छ ।
तीन दिने युरोप भ्रमणमा गएका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा स्कोल्जलाई भेटेका हुन् । दुई नेताबीच भारत—जर्मनी सहकार्यका बारेमा विशेष कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुवै पक्षले भेटवार्ता अत्यन्त फलदायी भएको दाबी गर्दै आगामी दिनमा आपसी सम्बन्ध र सहकार्यमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नेछन् ।