Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोजर दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

काठमाडौं । माटो फाल्ने क्रममा डोजर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् ।

काठमाडौं-तराई द्रूतमार्गमा निर्माणको क्रममा उत्खनन् भएको माटो फाल्ने क्रममा बकैथा गाउँपालिका-११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

मृतक तीनै जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077