Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लव समुहकाे अपिल

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन्।

स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077