Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता उल्लघंन गर्ने दल र नेतालाई आयोगले गरायो सचेत

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा नेतालाई निर्वाचन आयोगले सचेत गराएको छ। साथै आचारसंहिता उल्लङ्घन नगर्न निर्देशन समेत दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी, प्रचारप्रसार गरिएको बारेमा आयोगले छानबिन गरेको थियो।

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । राप्रपाले चैत २७ गते हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको आयोगको ठहर छ ।

साथै, नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077