Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजदेखि उपत्यकामा मेलम्चीको २७ करोड लिटर पानी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ ।

केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए ।

आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताए ।

उनले भने, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन । वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको ‘यापिड रेस्पोन्स टिम’ पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077