Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होटेलमा युवती मृत फेला

कैलाली । कैलालीको एक होटेलमा एक युवती मृतावस्थामा फेला परेकी छन् ।

लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटेलमा ती युवती मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेलापरेकी हुन् ।

उनी धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर-२०९ मा मृत फेलापरेको उपाध्यायले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077