Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरपालिका प्रमुखसहित २५ जनाले लिए उम्मेदवारी फिर्ता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चाबाट मेयरमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठ मास्केले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले उम्मेदवारी फिर्ता गरेसंगै अब ९ जनाबीच मेयरका लागि प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेको समयसम्ममा उनीहरुले फिर्ता लिएका हुन् । प्रमुख पदका उम्मेदवारसहित २५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077