Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर अधिकारी भन्छन्-'रुस–युक्रेन युद्धका कारण नेपालमा महँगी बढ्न सक्छ'

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनको युद्धका कारण महँगी बढ्न सक्ने चेतावनी दिएका छन् । बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

‘विदेशी विनिमय सञ्चिति घटेर सात महिनाभन्दा कम समयका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा छ, उनले भने, कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महँगी बढ्ने देखिन्छ ।

गभर्नर अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको पनि बताए । राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल गरिरहेको उनको भनाई छ ।

गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताए । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने सङ्केत देखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077