Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन

    धनगढीको मेयरमा गठबन्धनबाट वड र उपमेयरमा अधिकारीले दिए उम्मेदवारी

    धनगढीको मेयरमा गठबन्धनबाट वड र उपमेयरमा अधिकारीले दिए उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.7K
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिकामा तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वड र उपमेयरमा शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।



    मेयर पदका उम्मेदवार वडले कांग्रेसबाट र उपमेयर अधिकारीले माओवादी केन्द्रबाट टिकट पाएका हुन् । मेयर पदका उम्मेदवार वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा हालका मेयरसमेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट जितेका थिए ।



    केन्द्रमा भएको सहमति अनुसार धनगढीमा नेकपा माओवादीलाई उपप्रमुख दिइएको थियो । अधिकारी उनी २०७४ को निर्वाचनमा पनि उप्रमुखमा चुनाव लडेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार