Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पोखरामा एमाले उम्मेदवार पौडेलको टिकट खोसियो, थापालाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको छ ।

शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो ।

तर, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताएकी थिइन् भने मेयरका उम्मेदवार पौडेलले पोखरामा सुन सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि उम्मेदवार परिवर्तन गर्न नेतृत्वलाई दबाब बढेको थियो ।

पार्टी अध्यक्षसहितका नेताहरुको गृहकार्यपछि त्यहाँ कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो।

भने उपमेयरमा भने गुरूङ्गनै उम्मेदवार बनाउने निर्णय गरिएको बताइएको छ । मेयरमा प्रस्तावित थापा गण्डकी प्रदेश सभा सदस्यसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077