Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरको मेयरमा गोपाल हमालको पहिलो उम्मेदवारी दर्ता

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन् ।

आज विहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन । साथै, उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवार हमाल नाचगानका साथ उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेको थिए । ट्राफिक चौराहाबाट ¥यालीसमेत गरिएको थियो ।

२०७४ को चुनावमा पनि हमाल स्वतन्त्रबाट धनगढीको मेयर उठेका थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077