Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले पाँच महानगरको उम्मेदवार टुंगो लगायो, काठमाडौंको मेयरमा केशव स्थापित र उमपेयरमा सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेले विराटनगर बाहेक पाँच वटा महानगरको उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार बसेको सचिवालय बैठकले विराटनगरबाहेकका महानगरमा उम्मेदवारी टुंगो लगाएको हो ।

प्रचार प्रसार विभाग प्रमुख पृथ्बी सुब्बा गुरुङका अनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ।

प्रदेश सांसद रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् । उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ुस्वच्छ वातावरण, यातायात व्यवस्थापन,राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्टु लाई समेटेकी थिइन् ।

सत्तारुढ गठबन्धनले भने काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । सत्ता गठबन्धनको सहमतिअनुसार काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिनेछ ।

त्यस्तै ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्रचार्यलाई नाम टुंगो लगाएको छ।

उपत्यका बाहिर पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ र वीरगञ्जमा वीरगन्जको मेयरमा विजय सरावगी, उपमेयर भने तालमेलका कारण खाली रहेको खाली रहेको गुरुले जानकारी दिए।

त्यस्तै भरतपुर महानगरको मेयरमा विजय सुवेदीको नाम टुंगो लागेको छ। उपमेयरमा भने टुंगो लाग्न बाँकी रहेको गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077