Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कुलमान घिसिङको आलोचना गर्दै ओलीले भने– लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा तीनचोटि बत्ति जान्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरेका छन् ।

बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

ओलीले भने ‘एमालेलाई सात सात करोड होइन, सात सय कारोड सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’ उनले राजनीतिक फिल्ड कसैको ठेक्का पट्टाको विषय नभएको पनि बताए ।

यस्तै ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेका छन् ।

लोडसेडिङ अन्त्य भयो भनेर प्रचारप्रसार गरिएको तर वास्तवमा लोडसेडिङ अन्त्य नभएको ओलीको भनाइ थियो । माओवादी केन्द्रले चुनाव प्रचार सामग्रीमा घिसिङको तस्बिर राखिएको प्रसंगमा ओलीले आलोचना गरेका हुन् । 'गफ दिने बेलामा लोडसेडिङ समाप्त पार्ने, लोडसेडिङहन्ता, महान् यताउता भनेर प्रचार गर्ने ! एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने लोगो पनि बनाएको थियो,' उनले भने, 'पछि त्यो कर्मचारीले लाज मानेर मेरो फोटो हटाउ भनेछन् । लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा तीनचोटि बत्ति जान्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077