Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह निर्वाचनः आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ ।

यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने सार्वजनिक गरिसकेका छैनन् । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077