काठमाडौं । राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ ।
शाहको मङ्गलवार काठमाडौंको गैरीधारामा रहेको निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी थिए ।
२०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उनी राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत भए । शाहको जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो ।