Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरको मेयरमा एमालेबाट तीन जनाको नाम सिफारिस

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट तीन जनाको नाम सिफारिस भएको छ । उपमहानगरपालिकाको मेयरका लागि तीन जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको हो ।

नगर कमिटीले जिल्लालाई सिफारिस गरेकोमा जिल्लाले प्रदेशलाई सिफारिस गरेको हो । रणबहादुर चन्द, दुर्गा जोशी र जीवन बमको नाम सिफारिस भएको हो ।

चन्द एमालेका पूर्वजिल्ला उपाध्यक्ष हुन्। जोशी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए। उनी वर्तमान जिल्ला उपाध्यक्ष हुन् ।

यस्तै बम प्रदेश सदस्य हुन् । धनगढीको मेयरका लागि अन्य दलले पनि उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077