Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर नभई भएन भन्ने हाम्रो अडान होइन, काठमाडौं विराटनगर दिए पनि ठीक छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरेका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् ।

उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’

यस्तै प्रचण्डले गठबन्धन नहुने अवस्था रहेमा एक्लै भिड्न तयार रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले ‘हाम्रो प्राथमिकता गठबन्धन हो । गठबन्धन गरेरै जाने पहिलो कुरा हो । यदि, गठबन्धन नहुने अवस्थामा कोही पुग्न चाहन्छ भने माओवादी एक्लै भिड्न तयार छ । त्यसका लागि तीन महिना अगाडिदेखि नै तयारी गरिरहेका छौं ।’भने ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077