Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्रकार सम्मेलनमा प्रचण्डले भने–निर्वाचन कुनै हालतमा सर्दैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका छन् ।

अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको भएता पनि निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले सोमबार भने, 'सरकार र गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन ।'

उनले नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए ।

दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे । उनले सोमबार नै महानगर र उपमहानगरमा चुनाव तालमेलबारे निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077