Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको बोली-'पालिका चुनावपछि देशमा विकासको लहर आउँछ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि देशमा विकासको लहर आउने दाबी गरेका छन् ।

एमाले हुम्लाले आइतवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । अध्यक्ष ओलीले नागरिकको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको पनि बताए ।

आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीव्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि फेरि फड्को मार्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताए । करिडोर निर्माणलाई तीव्र गतिमा अगाडि बढाएर हुम्लाका नागरिकलाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077