Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरको मेयर र उपमेयरमा एकीकृत समाजवादीबाट तीन जनाको नाम सिफारिस

धनगढी । धनगढीको मेयर र उपमेयरमा एकीकृत समाजवादीले नाम सिफारिस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न समाजवादीले दुई जनालाई सिफारिस गरेको छ।

मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । यस्तै उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।

१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउनेछ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए ।

समाजवादीले नगरका १९ वटै वडामा वटा कमिटी र टोल कमिटी गठन गरिसकेको छ । उपमहानगरपालिकामा समाजवादीले ८ हजार बढी सदस्यता वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077