Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा ओलीलाई ठूलो सफलता, जसपाका मेयर रायसहित १८ जना वडाध्यक्ष एमालेमा प्रवेश

सर्लाही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८जना वडाध्यक्षलाई एमालेमा प्रवेश गराएका छन् ।

मधेसमा आक्रमक शैलीमा पार्टी विस्तारलाई तीव्र बनाइरहेका अध्यक्ष ओलीले सर्लाहीको मलंगवामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका मेयर, माओवादी केन्द्रका नेता तथा विभिन्न पार्टीका वडा अध्यक्षहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास रायलगायतका नेताहरूलाई एमाले प्रवेश गराएका हुन् ।

एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए । शनिवार एमालेमा फर्किँदै ढुंगानाले अब बाँकी जीवन एमालेको उत्थानमा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077