Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समतामूलक सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु भएको बताएका छन् ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विभिन्न पार्टी परित्याग गरेर माओवादीमा लाग्नुलाई सबैको नेपाल बनाउने आन्दोलन भएको टिप्पणी गरे ।

उनले देशका मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकार माओवादी केन्द्रले लडेर स्थापित गराएको उल्लेख गर्दै त्यसलाई उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध एकजुट हुने प्रक्रिया अघि बढेको समेत बताए ।

'यो देशका मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो 'उनले भने ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077