Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि प्रदर्शन

    नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.2K
    SHARES

    नेपालगञ्ज ।  नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

    दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारवाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् ।



    उनीहरुले प्रदर्शन गर्दै चक्का गाम गरेका छन् ।चैत २७ गते प्रदेश ३(०१(२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिडिरहेका तीनजनालाई कारले ठक्कर दिएको थियो ।



    ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार