Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लल समुहका हेमन्त र धर्मेन्द्रले भेटे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

निर्वाचनको पक्षमा रहेका शीर्ष नेताद्वयले प्रधानमन्त्री शेरबहादुर देउवा देउवा भेटेको भोलिपल्ट सचिवालय सदस्य ओली र बास्तोलाले प्रचण्डसँग भेटेका हुन् ।

भेटमा उनीहरुले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए । विप्लव नेकपामा निर्वाचनमा सहभागी हुने र नहुनेबारे मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077